केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज पनि सुनको मूल्यमा गीरावट

सहयात्रा टिभी

काठमाडौं । असोज ८, नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ५५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

हिजो चाँदीको मूल्य ११५५ मा कारोबार भएकोमा आज बढेर तोलामा बढेर ११६० कायम गरिएको छ ।

प्रकाशित : 24 September, 2021

प्रतिक्रिया दिनुहोस्