केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयर बजारमा ६१ अङ्कको गीरावट

सहयात्रा टिभी

काठमाडौं । असोज १०, आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई हजार सात सय ५८ दशमलव ४८ विन्दुमा झरेको छ ।

बीमा, विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय ३३ वटा कम्पनीमध्ये २४ वटा कम्पनीको शेयर मात्रै सामान्य बढेको छ ।

आईसीएफसी फाइनान्सको शेयर सबैभन्दा धेरै नौ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज एक करोड ४४ लाख ९४ हजार कित्ता शेयर ६ अर्ब ५० करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : 26 September, 2021

प्रतिक्रिया दिनुहोस्