हिमानी र मनीषा कोइरालाबीच भेटवार्ता

काठमाडौं । असोज ११, पूर्वयुवराज्ञी हिमानी शाहले अभिनेत्री मनिषा कोइरालासँग भेटवार्ता गरेकी छन् ।
उनीहरुबीच शनिबार राति भेटघाट भएको पुष्टि गर्दै अभिनेत्री कोइरालाले सामाजिक सञ्जाल फेसबुकबाट तस्वीर सार्वजनिक गरेकी छन् । भेटमा के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन ।