केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मध्य भोटेकोशी जलविद्युतको आईपीओ स्थानियमा बाँडफाँट

सहयात्रा टिभी

काठमाडौं । असोज ११, मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि सोमवार आईपीओ बाँडफाँट गरेको छ ।

त्यस्तै कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानियमा विक्री गरेको आईपीओ सोमवार बाँडफाँट गरेको हो ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर दिइएको छ ।

९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरुमध्यबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गतका आवेदकहरुले १९० कित्तासम्म शेयर हात पारेका छन् ।

 

प्रकाशित : 27 September, 2021

प्रतिक्रिया दिनुहोस्