मुटुलाई स्वस्थ राख्न यस्ता खानेकुरा खानुहोस्

सहयात्रा टिभी

काठमाडौं । असोज ११, हामीले जतिधेरै खानपानमा ध्यान दियौँ त्यतिनै हामी स्वस्थ रहन्छौँ । शरीरलाई आवश्यक क्यालोरी मिलाएर खाएको खण्डमा अनेक रोगबाट बच्न सक्छौँ ।

मुटु रोगका कारण धेरै मानिसहरूले कलिलो उमेरमा ज्यान गुमाइ रहेका हुन्छन् । मुटुरोगकै कारण विश्वमा बर्सेनि करोडौँ मानिसको मृत्यु हुने गरेको छ ।

त्यसकारण हामीले मुटुरोग लगायत अन्य रोगहरूको सिकार हुनुबाट बच्नको लागि आफ्नो जीवनशैली परिवर्तन गर्नु अति आवश्यक छ ।

मुटु स्वस्थ राख्न कस्तो खानेकुरा खानुपर्छ ?

खानामा हरियो साग खानु अत्यन्त स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दिनमा कम्तिमा पनि एकपटक फलफूल खानुपर्छ । बेलुकाको खानामा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी खानु पर्दछ ।

त्यस्तै बेलुकाको खाना खाएलगत्तै सुत्नु हुँदैन । कम्तीमा दुई घन्टा आराम गरेपछि मात्र सुत्नुपर्छ । माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ । माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ ।

घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम खानु पर्दछ । खाना पकाउन शुद्ध तोरीको तेल सबै भन्दा फाइदाजनक हुन्छ । दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी नुन प्रयोग गर्नु हुँदैन ।

फाइबरयुक्त खानाहरू गहुँ गेडागुडी, हरियो सागपात खानुपर्छ । फापर, कोदो, जौ, मकै आदिले पनि मुटुलाई स्वस्थ राख्नको लागि ठुलो भूमिका खेलेको हुन्छ ।

 

प्रकाशित : 27 September, 2021

प्रतिक्रिया दिनुहोस्