केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयर बजारमा आज ३२ अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । असोज १४, साताको अन्तिम दिन आज बिहीबार शेयर बजारमा गिरावट आएको छ ।

यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो ।

बिहीबार बजार मापक परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ को बिन्दुमा झरेको छ ।

बिहीबार १ बजेसम्म हरियाली देखिएको बजार त्यसपछि भने घटेर राताम्य भएको थियो ।

यसदिन १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहमा मात्र हरियाली आएको छ । ट्रेडिङ, अन्य र म्युचुअल फण्डमामात्र वृद्धि हुँदा अन्य १० वटा उपसमूहमा गिरावट आएको हो ।

 

 

प्रकाशित : 30 September, 2021

प्रतिक्रिया दिनुहोस्