केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मुल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं असोज १५, आजको नेपाली बजारमा सुन तोलामा ९ सय रुपैयाँले बढेको छ ।बिहीबार तोलामा ८८ हजार ७ सयमा कारोबार भइरहेको सुनको मूल्य तोलामा ९ सयले बढेर ८९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार ११ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी ११ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित : 1 October, 2021

प्रतिक्रिया दिनुहोस्