केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बढायो डीडीसीले घिउको मूल्य

सहयात्रा टिभी

काठमाडौं असोज १५, अघिल्ला वर्षका मुख्यचाड पर्वमा उपभोक्तालाई सहुलियतमा घिउ लगायतका दूग्ध पदार्थ बिक्री गरिरहेको डीडीसीले यसपटक भने दशैंको मुखैमा घिउको मूल्य वृद्धि गरेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले भने आपत्ति जनाएका छन् ।

चाडपर्वमा उपभोक्तालाई सहुलियतदिनु पर्नेमा उल्टै मूल्य वृद्धि गरिनु बदमासी भएको भन्दै अधिकारकर्मीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।
सरकारले दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालन गरिरहेको र कात्तिक २४ सम्म भने बढेको मूल्यमा ५० रुपैयाँ छुट पाइने भनाइ छ ।

अर्का उपभोक्ता अधिकारकर्मी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सीनाले घिउमा गरिउको मुल्य वृद्धि फिर्ता लिन डीडीसीसँग आग्रह गरे । आर्थिक वर्षको सुरुवात वा चाडपर्व पछि समयानुकुल मूल्य बढाउन सकिए पनि चाडपर्वको मुखैमा मूल्य बढाएर उपभोक्ताप्रति संस्थानको छबी बिगार्ने काम गरेको उनको आरोप छ ।

 

 

 

 

प्रकाशित : 1 October, 2021

प्रतिक्रिया दिनुहोस्