केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असोज १७, आज आइतबार नेपालमा अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले आज बेलायती मुद्रा पाउन्ड स्ट्रलिङ एकको खरिददर १६० रुपैयाँ १५ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १२७ रुपैयाँ ३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६७ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८० पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा तोकेको छ ।

त्यस्तै सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ २१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६५ पैसा, हङकङ डलर एकको खरिददर १५ रुपैयाँ १९ पैसा र बिक्रीदर १५ रुपैयाँ २७ पैसा, जापानी येन १० को खरिददर १० रुपैयाँ ६४ पैसा र बिक्रीदर १० रुपैयाँ ६९ पैसा तोकिएको छ ।

यस्तै, चिनियाँ मुद्रा युआनको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा, यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

मलेसियन रिङ्गिट एकको खरिददर २८ रुपैयाँ ३० पैसा र बिक्रीदर २८ रुपैयाँ ४५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ५ पैसा, कुबेती दिनार एकको खरिददर ३९२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकले बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३६ पैसा तोकेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

प्रकाशित : 3 October, 2021

प्रतिक्रिया दिनुहोस्