कामना सेवाले विकास बैंकले ल्यायो अनलाईन डिम्याट सुविधा
सहयात्रा टिभी
काठमाडौं । असोज २०, कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालन गरेको छ ।

अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ ।
बैंकमा खाता नभएका ग्राहक महानुभावहरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ शुभलाभ लगानी बचत खाताू खोली यो सुविधा उपभोग गर्न सक्नेछन् ।
