चर्चित गायक प्रकाश सपूत बने रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौं । असोज २०, चर्चित गायक तथा कलाकार प्रकाश सपूत रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।
बुधबार राजधानीमा प्रेस भेला आयोजना गरी सपूतलाई रोयल पेन्ट्सले दुई वर्षको लागि अनुबन्धित गरेको जानकारी गराइएको हो।
कार्यक्रममा रोयल पेन्ट्सका प्रमुख प्रवेश भण्डारी र दूत प्रकाश सपूतबीच सम्झौता पत्रमा हस्ताक्षर गरियो।
आफ्नो सिर्जनाजस्तै प्रकाश सपूतले रोयल पेन्ट्सलाई पनि हरेकको मन मुटुमा पुर्याउने प्रमुख भण्डारीले विश्वास व्यक्त गरे।