पाकिस्तानमा भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु

काठमाडौं । असोज २१, पाकिस्तानको बलुचिस्तान प्रान्तमा आएको शक्तिशाली भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ ।
बिहीबार बिहानै आएको ५ दशमलब ९ रेक्टर स्केलको भूकम्पमा परी ३ सय बढी मानिस घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
भूकम्पपछि क्वेटा शहरमा मानिसहरु सडकमा जम्मा भएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
गम्भीर घाइतेहरु धेरै भएको मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ । भूकम्पका कारण एक सय बढी माटोले बनेका घरहरु भत्किएका छन् भने ठूला भवनहरुमा क्षति पुगेको छ ।