डिशहोमको रिचार्जमा आकर्षक छुट

सहयात्रा टिभी

काठमाडौं । असोज २१, चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउनुहुनेछ ।

यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा बाईस सय रुपैयासम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिनेछ ।

यो योजना संगै ग्राहकहरुले अव मासिक रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नुहुनेछ ।

यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नुहुनेछ ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ ।

प्रकाशित : 7 October, 2021

प्रतिक्रिया दिनुहोस्