भारतद्धारा आपूर्ति घटाईएपछि पेट्रोल अभाव

झापा । असोज ३१, इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले नेपालको मागअनुसार पेट्रोल नपठाइदिएपछि अहिले पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोलियम वितरण गर्न सकिरहेका छैनन्।
त्यस्तै मेची पेट्रोलियम डिलर्स एसोसियसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे ७ सय किलोलिटर पेट्रोलको माग रहेको छ।
तर भारतको सिलिगुडी डिपोले शनिबार डेढसय किलोलिटर पेट्रोलमात्र नेपाल पठाएको नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्माले जनाए।