चन्द्रागिरीमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना
सहयात्रा टिभी
काठमाडौं । कार्तिक २, काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।

ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो तर दुर्घटनामा मानवीय क्षति भने भएको भने छैन ।
ट्राफिक प्रहरीको र्याकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको र्याकर मगाएर ट्रकलाई हटाइएको छ ।
