अभिनेत्री वर्षा सिवाकोटी र कलाकार राज कटुवालका प्रेम किस्साबारे धेरैको चासो बढेको

काठमाडौं कात्तिक ४, गएको वर्षको होली सँगै मनाएदेखि अभिनेत्री वर्षा सिवाकोटी र कलाकार राज कटुवालका प्रेम किस्साबारे धेरैको चासो बढेको छ। आफूलाई साथी भन्दै(भन्दै यो जोडीले बिस्तारै प्रेम सम्बन्ध प्रदर्शन गर्न चुकेको छैन।
कलाकारहरुको बर्थ डे, इन्गेजमेन्ट र बिहेजस्ता समारोहदेखि म्युजिक भिडिओमा पनि सँगसँगै देखिन थालेपछि यो जोडीको प्रेम सामाजिक सञ्जालमा पनि छताछुल्ल हुने गरी पोखिन थालेको छ।
म्युजिक भिडिओ र केही फिल्ममा समेत अभिनय गरेका राज चलचित्र विकास बोर्डका सदस्य पनि हुन्। इन्स्टा स्टोरीमा राजसँगको फोटो हालिसकेकी वर्षाले राजलाई खुलेर जन्मदिनको शुभकामना पनि दिएकी थिइन्।
काठमाडौंमा कामको सिलसिलामा होस् वा घुम्न जाँदा यी दुईबीचको भेटघाट नियमित भइरहेको थियो। केही समयअघि सँगै सौराहा गएको चर्चा चलेको थियो। अहिले यी दुई सँगै दुबई पुगेका छन्।
यसअघि वर्षा सबिनजंग थापासँग प्रेममा थिइन्। सबिनलाई भेट्न उनी अमेरिकासमेत पुगेकी थिइन्। तर उनीहरुको प्रेम लामो समय टिकेन।
के वर्षाले राजसँगको सम्बन्ध टिकाउन सक्लिन् प्रेम विवाहमा बदलिएला वर्षालाई नजिकबाट चिन्ने र पछ्याउनेहरु धेरैमा अहिले यस्तै जिज्ञासा छ।