केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अष्ट्रेलियाको मेलवर्नमा लकडाउल खुल्यो

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ५, अष्ट्रेलियाको मेलवर्नमा कोरोना संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउन हटाइएको छ। लामो समयदेखि मेलवर्नमा लकडाउन लगाइएको थियो।

मेलवर्नमा कोरोना महामारीको क्रममा ६ पटकमा गरी २६० दिनभन्दा धेरै लकडाउन भइसकेको छ। यससँगै भिक्टोरियाको राजधानी सहर विश्वको सबैभन्दा धेरै लकडाउन भएको सहर बनेको छ।

अधिकारीहरुले अहिले मेलवर्नका १६ वर्षभन्दा माथिका ७० प्रतिशत मानिसले कोरोना खोप लगाइसकेकाले लकडाउन खुलाउनु उचित समय भएको बताएका छन्। लकडाउन खुलेसँगै मेलवर्नका मानिसहरुले बाहिर निस्केर खुसीयाली मनाएका छन्।

अधिकारीहरुले लकडाउनको व्यापक आलोचना भए पनि यसले कोरोना संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। अष्ट्रेलियामा कोरोना संक्रमणको कारण १ हजार ५९० जनाको मृत्यु भएको छ।

यो संख्या अन्य विकसित मुलुकको तुलनामा कम हो। हालै मात्र अष्ट्रेलियाको सिड्नी र क्यानबेरामा पनि लकडाउन हटाइएको थियो।भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्र्युले कोरोना खोप नलगाएका मानिसको लागि भने अर्को वर्षसम्म प्रतिबन्ध नहट्ने बताएका छन्।

प्रकाशित : 22 October, 2021


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्