कोरोना दर बढ्यो ७ सय ७६ संक्रमित १३ को मृत्यु

सहयात्रा टिभी

काठमाडौं ।कार्तिक ८, १० हजार ८६४ नमूना परीक्षणमा ७ सय ७६ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ८ हजार २८४ नमूनाको पीसीआर र २ हजार ५८० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ६७३ र एन्टिजेन विधिबाट १०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको हो। मन्त्रालयका अनुसार सोमबार थप ५ सय १ जना कोरोनामुक्त भएका छन्। सोमबार थप ५७६१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

यस्तै, कोरोनाका सक्रिय संक्रमितको संख्या १०३६० पुगेको छ।

 

प्रकाशित : 25 October, 2021

प्रतिक्रिया दिनुहोस्