काठमाडौँमा आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ९, कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँका विभिन्न स्थानीय तहमा लगाइँदैछ ।

काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौँ महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने जानकारी दिएको छ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइनेछ ।

बाँकी स्थानीय तहमा तीनदिनसम्म खोप लगाउन पाइनेछ।

काठमाडौँ महानगरको हकमा कात्तिक १० गते सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले आह्वान गरेको छ ।

प्रकाशित : 26 October, 2021

प्रतिक्रिया दिनुहोस्