धैरै दिन पछि किन र्फकियो त ? साहरुखको अनुहारमा खुसि

काठमाडौं । कात्तिक १२, आखिर किन धेरै दिन पछि बलिउडका र्चचित नायक साहरुख खानको अनुहारमा खुसि देखियो त उनको परिवार संगको भेटघाट निक्कै दिन पछि भएकोमा उनको अनुहारको खुसि बढेको छ ।
उनको परिवारका लागि अक्टुबर महिना सुखद बन्न सकेन । उसो त, साहरुख बेला–बेलामा विवादमा नपरेका होइनन् तर, उनले आफ्नो बिषयमा हुने गरेका विवादलाई कुनै न कुनै तरिकाले मिलाउने गरेका थिए । तर, यसपटक भने उनका लागि केही कठिन बन्न पुग्यो ।
साहरुखका छोरा आर्यन खानलाई एनसीबीले मुम्बइको क्रुज पार्टीमा ड्रग्स सेवन गरेको आरोपमा पक्राउ गर्यो । आर्यन पक्राउ परेसँगै साहरुख र उनको परिवार चिन्तामा डुबेको थियो । अधिकांशले अनुमान गरेका थिए कि, साहरुखले छोराका लागि मिडियाबाजी गर्नेछन् । तर, उनी २६ दिनसम्म मौन बसे । उनी र आर्यनका बिषयमा मिडिया ट्रायल भयो । केही मिडियाले आर्यनलाई ड्रग्स सेवन गरेको पुष्टी गर्न कम्मर कसेका थिए । आर्यनको मुद्दालाई राजनीतिक बिषयसँग पनि जोडेर हेरियो ।
तर, बिहिबार बेलुकी ५ बजे मुम्बइको उच्च न्यायलयले आर्यनलाई जमानतमा रिहा गर्न आदेश दिएसँगै साहरुखको अनुहारमा खुशी फर्किएको छ । साहरुखले आर्यनको मुद्दा लडेका वकिलको टिमसँग खिचेको तस्वीर सार्वजनिक भएको छ । जसमा, साहरुख मन्द मुस्कानमा देखिएका छन् ।
आर्यनको मुद्दा लडेका वकिल मुकुल रोहतगीले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘आर्यनको जमानतको कुरा सुन्ने वित्तिकै साहरुखको आँखामा आँशुसहितको खुशी देखिएको थियो । उनले, २६ दिनसम्म राम्रोसँग खाना पनि खाएका थिएनन् । उनी, कफि मात्र पिइरहेका थिए ।’
मोहतीका अनुसार, साहरुख कानुनको विद्यार्थी होइनन् । तर, वकिलसँगको भेटमा साहरुख आफ्नै हातले लेखेको नोट लिएर आउँदे र बुँदागत रुपमा प्रस्तुत हुन्थे । साहरुखले छोराको गिरफ्तारीपछि उत्पन्न परिस्थितीलाई मौन रुपमा सकेका छन् । नोभेम्बर २ मा जन्मदिन मनाउन लागेका साहरुखका लागि वकिल रोहतगीले गिफ्ट दिएको धेरैको विश्लेषण छ ।
मिडिया रिपोर्ट अनुसार, साहरुखका छोरा आर्यन शुक्रबार हिरासतबाट मुक्त हुने संभावना छ ।