५४९ जना संक्रमित थपिए, ५६९ जना डिस्चार्ज

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९७४६ जनामा गरिएको नमुना परीक्षणमा ५४९ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ५६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले देशभर १०१५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 29 October, 2021

प्रतिक्रिया दिनुहोस्