तिहार नजिकिँदै गर्दा मुगुमा फूलहरूको रमझम

मुगु । कात्तिक १५, तिहार नेलालीहरूको महान चाड नजिकिँदै गर्दा मुगुमा बिहिरी मुलुकबाट निर्माण भएका कृत्रिम कपडाका मालाहरूको बिगबिगी बढी छ ।
मुगु जिल्लामा मखमली दोगावरीलगायत स्थानीय फूलहरूको ब्यवसाय रूपमा उत्पादन खेती नभएको हुँदा कृत्रिम कपडाका मालाहरू भारत र चीनबाट निर्यात भएका फूलहरूको सदरमुकाम गमगढी बजारलगायत मुगु जिल्लामा रहेका स्थानीय बजार छ ।
खत्याडको माथिचौर, सेरी, जाम, श्रीकोट, रातापानी, बिरावगर, सोरु गाउँपालिकाको, सोरुकोट, धैनबजार, तारापानी, मुगमकामारोङ्ग गाउँपालिकाको छाइल, पुलु, तिहारका लागि विशेष गरी भाइमसला, सप्तरंगी टीका, कृत्रिम कपडाका फूल अन्य काजु किसमिसलगायतका १५ देखि २० लाखभन्दा बढीका सामान आर्यत भएर कारोबार भइरहेको र बजारमा कृत्रिम मालाको बिगबिगी भएको मुगु उद्योग वाणिज्य संघ मुगुका सचिव मानबहादुर बुढाले बताएका छन् ।
प्रकृतिक माला छोडेर मुगु जिल्लामा सबैभन्दा तिहारको समयमा कृत्रिम कपडाको माला संगि चंगी र बुटा बढी भएको सहजै रूपमा बजारमा पाइने भएको र प्रकृतिक मालाहरू हिजोआज सुकेर गइरहेको व्यवसाय रूपमा खेती नभएको हुनाले दशैं –तिहारको समयमा कृत्रिम कपडाको माला २०, ५० लाखसम्मको व्यापार हुने गरेको छ ।
विशेष गरी स्थानीय मखमली, हजारी, गोदावरी, मालाको तिहारमा प्रयोग हुनुपर्ने हो तर मुगु जिल्लामा स्थानीय मालालाई मान्यता नदिँदा कृत्रिम कपडाको मालाको बजारमा बढी माग भएको छ । कृत्रिम मालाको फरक–फरका क्वालिटीका भएका हुनाले मूल्य पनि फरक–फरक छ ।