पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लिओनल मेस्सीले बार्सिलोनामै फर्किने

काठमाडौं। कात्तिक १५, पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लिओनल मेस्सीले बार्सिलोनामै फर्किने इच्छा व्यक्त गरेका छन् ।
केही महिना अघि मात्रै बार्सिलोना छाडेर पीएसजी गएका उनले प्राविधिक सचिवको रुपमा पुनस् फर्किने इच्छा जाहेर गरेका हुन् ।
उनले एक कुराकानीमा भनेका छन्, ‘बार्सिलोनालाई म मायाँ गर्छु। उनीहरुलाई राम्रो बनाएर विश्वकै उत्कृष्ट टिम बनाउन चाहन्छु।’
उनले बार्सिलोनालाई जसरी पनि मद्दत गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘बार्सिलोना गएर क्लबको व्यवस्थापन टिममा रहने चाहना छ। ‘मैले सधैं पनि भनेको थिएँ । म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु।’