उपत्यका बाहिर जानेहरुका लागि कोभिडविरुद्धको खोप लगाउन आग्रह
काठमाडौं। १६ कात्तिक, कोरोना संक्रमण दर अझै पनि मुत्त नभएको हुदा आफनो संरक्षण आफै गर्नु पर्छ । सरकारले तिहारमा उपत्यका बाहिर जानेहरुका लागि कोभिडविरुद्धको खोप लगाउन आग्रह गरेको छ।
रीने चार प्रमुख नाकाहरुमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताए।
त्यसै गरी कोटेश्वर चोक, गोंगबु बसपार्क, बल्खु चोक र कलंकी चोकमा खोप लगाउन सुरु गरिएको हो। उनले भने, ‘मंगलबार र बुधबार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइनेछ। पहिलो मात्राको खोप नलगाएकालाई पहिलो मात्रा र पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउने समय पुगेकालाई दोस्रो मात्रा खोप लगाइनेछ।’
दोस्रो खोपका लागि पहिलो मात्रा खोप लगाइसकेको खोप कार्ड अनिवार्य लैजानु पर्नेछ। यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइने उनले बताए।