फुलन्देकी आमाले मुन्द्रेको कमेडी क्लब छाड्ने भएपछि कार्यक्रम बन्द हुने

काठमाडौं। १६ कात्तिक, नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ आगामी सातादेखि बन्द हुने भएको छ। यसका सञ्चालक हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले कार्यक्रम बन्द हुने कुरा पुष्टि गरेका छन्।
मुन्द्रेको कमेडी क्लब’ मा चर्चित पात्र ‘फुलन्देकी आमा’ उमेश राई यही भूमिकामा अब डान्स रियालिटी सो ‘डान्स च्याम्पियनसिप’को होस्ट बन्ने भएपछि जितुले आफ्नो कार्यक्रम बन्द गर्ने निर्णय गरेका हुन्।
तर केही समयको विश्रामपछि नयाँ कार्यक्रम लिएर दर्शकमाझ आउने जानकारी पनि उनले दिएका छन्। डेढ वर्षदेखि प्रसारण भइरहेको ‘मुन्द्रेको कमेडी क्लब’ले सिजन–२ को ५४औं एपिसोड पूरा गरिसकेको छ।