यार्सागुम्बाको विशेषता
सहयात्रा टिभी
काठमाडौं । कार्तिक १७, यार्सागुम्बा हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी हो । यसअघि नै विभिन्न रोगविरुद्ध लड्न प्रभावकारी मानिँदै आएको छ।
हाल यार्सागुम्बाले क्यान्सरसमेत निको पार्न सक्ने प्रारम्भिक वैज्ञानिक परीक्षणबाट देखिएको छ। जसका कारण पहिल्यै ठूलो माग रहेको यार्सागुम्बा अझ अमूल्य हुने भएको छ।
यार्सागुम्बामा पाइने विशेष रसायनबाट वैज्ञानिकहरूले क्यान्सरको उपचार गर्न नयाँ किसिमको केमोथेरापी उपचार पद्धति पहिल्याएका छन्। प्रारम्भिक परीक्षणमा सो केमोथेरापी पहिलेको भन्दा प्रभावकारी पाइएको वैज्ञानिकहरूले बताएका छन्।