नेपालमा १२ देखि १८ वर्षसम्मका नागरिकलाई फाइजर खोप लगाइँदै

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २४ , देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको हो।

खोप शाखाका अनुसार १८ वर्षमाथिका दीर्घ रोगी धेरैले यसअघि खोप लगाइसकेका छन्। अब १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई खोप दिन लागिएको छ।

१२ वर्षमाथिका लामो समयदेखि मुटुका बिरामी भई अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, मिर्गौलाको समस्या भई डायलिसिस गराइरहेका, क्यान्सरको पहिचान भई अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी लगायतका बिरामीलाई खोप दिइनेछ।

मंसिर ४ गतेसम्म यी समूहलाई खोप लगाइसकेपछि खोप बचत भएको अवस्थामा १२ देखि १८ वर्षका अन्य बालबालिकालाई पनि खोप लगाइने कार्यक्रम रहेको छ। काठमाडौं उपत्यकाभित्रका ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको छ।

खोप केन्द्रहरूमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, वीरेन्द्र सैनिक अस्पताल रहेका छन्।

प्रकाशित : 10 November, 2021

प्रतिक्रिया दिनुहोस्