केपी ओली प्रचण्ड माधव नेपाल एमाले


किन हुन्छ क्याप्सुलको रंग दुईथरी

सहयात्रा टिभी

काठमाडौं । कार्तिक २६, हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् ।

किन यसो हुन्छ त खासमा क्याप्सुल दुई भागमा विधाजित हुन्छ जसमा एक भाग ठूलो र एक भाग सानो हुन्छ ।

  • ठूलो भाग क्याप्सुलको कन्टेनर हो भने सानो भाग चाहिँ क्याप हो ।
  • क्याप्सुलमा औषधि भर्दा कन्टेनर भागलाई मशिनमा हालिन्छ अनि त्यसलाई छोप्ने क्याप पनि मशिनले नै फिक्स गर्छ ।
  • यस काममा गडबडी नहोस् भन्नका लागि क्याप्सुललाई दुई रंगमा विभाजित गरिन्छ ।
  • बच्चाहरूले औषधि खान मान्दैनन् त्यसैले उनीहरूलाई फकाउनका लागि रंगीबिरंगी क्याप्सुल बनाइएको हो भन्ने पनि एकथरीको मत छ ।
  • अनि फरक फरक औषधिलाई विभाजित गर्नका लागि फरक फरक रंग बनाइन्छ । कुन औषधि कति हालियो थाहा पाउन यसो गरिन्छ ।

-एजेन्सीको सहयोगमा

प्रकाशित : 12 November, 2021

प्रतिक्रिया दिनुहोस्