सुनको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । कार्तिक २६, आजको नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ ।

हिजो ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार चार सय रुपैयाँ तोकिएको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार नौ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो यसको मूल्य प्रतितोला ९३ हजार पाँच सय थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले उकालो लागेर एक हजार दुई सय ८५ भएको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ७० मा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा नेपालमा पनि घटबढ हुने बताउने गरेको छ ।

प्रकाशित : 12 November, 2021

प्रतिक्रिया दिनुहोस्