हरेक मन्दिरमा भक्तजनको भीड

सहयात्रा टिभी

काठमाडौँ । कार्तिक २९, हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान हित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ।

 

नाराययणस्थानमा आज लाखौँ भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ। यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ। यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ।

आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ। आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन्। आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ।

 

 

 

 

प्रकाशित : 15 November, 2021

प्रतिक्रिया दिनुहोस्