डिशहोमले निःशुल्क १० एमबीपीएस इन्टरनेट सेवा प्रदान गर्ने

काठमाडौँ । कार्तिक २९, नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ।
कम्पनीले यस अघिनै बजारमा ल्याएको ‘लाइफ स्टाइल लाई पुनःनिरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो। गत साउन देखि रोकिएको यो प्याकेज आज देखि पुनःसञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए।
यस अन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ भ्याट सहित डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन्।
त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ भ्याट सहितमा डिशहोम रिचार्ज गर्दानिःशुल्क इन्टरनेट प्राप्त गर्न सक्ने छन्।
डिशहोमका २० लाख ग्राहक सँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउने छन्। हाल देशका मुख्य सहरहरूमा डिशहोमको फाइबरनेट सेवा पुगेको छ।