नेपाली महिला टोलीले जित्यो टि–२० सिरिज

सहयात्रा टिभी

काठमार्डौं मंसिर २, बुधबार भएको दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो ।

मंगलबार भएको पहिलो खेलमा पनि नेपालले कतारलाई ११९ रनले हराएको थियो । नेपालले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको कतार १९।३ ओभरमा ६८ रनमात्र बनाउन सक्यो ।

कतारलाई लक्ष्यमा पुग्न नदिन नेपालकी सरस्वती कुमारीले चार, रुबिना श्रेत्रीले दुई तथा संगीता राई, सबनम राई र कविता जोशीले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेकोे निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।

नेपालको जितमा कप्तान रुबिना क्षेत्रीको अर्धशतक बनाइन् । रुबिनाले ४८ बलमा चार चौका र एक छक्का मद्दतमा ५० रन जोडेकी हुन् ।

 

प्रकाशित : 18 November, 2021

प्रतिक्रिया दिनुहोस्