वैवाहिक बन्धनमा बाँधिए सन्तोष श्रेष्ठ र दिलमाया
सहयात्रा टिभी
काठमाडौँ । मंसिर ६, एथलेटिक्सका पूर्व खेलाडी सन्तोष श्रेष्ठ र दिलमाया कार्की विवाह बन्धनमा बाँधिएका छन् ।

नेपाल एपिएफ क्लबमा एथलेटिक्स प्रशिक्षकका रुपमा कार्यरत नेपालगन्ज उपमहानगर पालिका १२ का ३७ वर्षे सन्तोष र सुर्खेत बराहताल गाँउपालिका ४ की ३२ वर्षे दिलमायाले ८ वर्षको प्रेम सम्बन्धलाई आइतबार विवाहमा परिणत गरेका हुन् ।


