चिन बाहेक अमेरिकी राष्ट्रपति जो बाइडेनले ११० देशलाई निम्तो दिए

काठमाडौं कार्तिक ८, अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरीका ११० देशलाई लोकतन्त्रबारे हुने एक भर्चुअल शिखर सम्मेलनलाई निम्तो पठाएका छन् ।
राष्ट्रपति बाइडेनले लोकतन्त्रको रक्षालाई आफ्नो विदेश नीतिको महत्वपूर्ण हिस्सा बनाउन चाहन्छन् ।यसका साथै टर्कीलाई पनि अमेरिकाको तर्फबाट निमन्त्रणा पठाइएको छैन ।
रुसलाई पनि यो सूचीमा स्थान दिइएको छैन । यसका साथै दक्षिण एशियाली क्षेत्रमा अफगानिस्तान, बंगलादेश, श्रीलङ्कालाई पनि बाहिर राखिएको छ ।