नयाँ कोरोना भेरियन्ट चिन्ताको विषय भएको
काठमाडौँ । मंसिर १३, दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रोन नामक सो नयाँ भेरियन्टका कारण पूरै विश्व नै अहिले सन्त्रस्त अवस्थामा रहेको छ ।
यसै विषयलाई लिएर डब्ल्यूएचओको आपतकालीन बैठक बसेको थियो । तत्काल फैलिने , गम्भीर बिरामी पार्ने वा खोप वा उपचारको प्रभावलाई घटाउने खालका खतरनाक भेरियन्टहरूबारे सो बैठक बसेको थियो ।
यस्तो खालको पछिल्लो कोरोना भाइरसको भेरियन्टको नाम डेल्टा थियो । डेल्टा भेरियन्टले संयुक्त राज्य अेमरिकामा केही महिना पहिले तहल्कै मच्चाएको थियो ।
डब्लयूएच ओले नयाँ संस्करणको ओमिक्रोन नामक भेरियन्टले थुप्रै जेनेटिक म्युटेसन्स बोक्ने गरेकाले यो छिट्टै संक्रमण हुने र सम्भवतः यसले पूरै खोप लगाइसकेका मानिसहरूलाई पनि नछाड्ने जनाएको छ ।
स्वतन्त्र वैज्ञानिकहरूको समूहले ओमिक्रोनमा थितत्काल ध्यान दिनु जरुरी भएको र यसको खतराको स्तर निर्धारण गर्न धेरै अनुसन्धान गरिनुपर्ने बताएका छन् । तर, अहिले नै यसले पनि डेल्टा भेरियन्टले जस्तैचिन्ता बढाएको बताइएको छ ।