कांग्रेसको बारा क्षेत्र नं ४ सभापतिमा लोकेश सिंह विजयी
सहयात्रा टिभी
काठमाडौं मंसिर १४, नेपाली कांग्रेसको बारा प्रदेश निर्वाचन क्षेत्र नं ४ ९ख० को सभापतिमा लोकेश सिंह निर्वाचित भएका छन्।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट उम्मेदवारी दिएका सिंह १८५ मत ल्याई सभापतिमा विजयी भएका हुन्। सोमबार राति सम्पन्न मत परिणामअनुसार उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका दिनेश साह कानुलाई पराजित गरेका हुन्।


