पशुपतिमा बालाचतुर्दशी
सहयात्रा टिभी
काठमाडौं । मंसिर १७, दिवंगत पितृका नाममा दीपदान र शतबीज छर्न भक्तजन पशुपतिलगायत शिवमन्दिरमा पुगेका छन्।

रातभरि जाग्राम बसी, दीप प्रज्वलन गरेर भोलि बिहान स्नान गरेपछि शतबिज छर्ने चलन छ ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गर्ने गरिन्छ । दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी मनाइन्छ।


