कांग्रेसको वाग्मती प्रदेशमा सभापतिमा ५१ प्रतिशत मत नपुगेर पुनः मतदान

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापति पदमा तीनै जना उमेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः मतदान हुँदैछ ।

सभापतिका तीन जना उमेदवार मध्ये एक जना पहिलो भएर मात्र नहुने र ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने भएकाले आज पुनः मतदान हुने भएको हो ।

पहिलो चरणको मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गर्नुभयो ।

प्रकाशित : 5 December, 2021

प्रतिक्रिया दिनुहोस्