भारतमा चौथो व्यक्तिमा ओमिक्रोन

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, भारतमा अर्को एक जनामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ ।

महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्रोन देखिएको हो । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ ।

पेसाले समुद्री इन्जियर ती व्यक्तिले कोभिडको दुबै खोप लगाएका थिए ।मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वरो देखिएको थियो । उनको मुम्बईस्थित कोभिड केयर सेन्टरमा उपचार भइरहेको छ ।

उनको सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुको पनि कोभिड परीक्षण गरिएको छ। उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रकाशित : 5 December, 2021

प्रतिक्रिया दिनुहोस्