भारतमा ओमिक्रोन संक्रमित बढ्दै, एकै दिन १७ जनामा संक्रमण

सहयात्रा टिभी

काठमाडौँ । २० मंसिर, भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओेमिक्रोन भाइरस देखिएको छ ।

पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा आठ जनामा ओमिक्रोन देखिएको हो । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ ।

भारतमा दक्षिण कोरियाबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ । यसअघि कर्नाटकमा दुई जनामा र गुजरात तथा दिल्लीमा एक–एक जनामा ओमिक्रोन देखिएको थियो ।

अहिलेसम्म अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिएको छ ।

प्रकाशित : 6 December, 2021

प्रतिक्रिया दिनुहोस्