बेइजिङ ओलम्पिक कूटनीतिक रुपमा बहिस्कार गर्ने अमेरिकाको घोषणा

काठमाडौँ । २१ मंसिर, अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ ।
चीनमा मानव अधिकार उल्लंघनमा घटनामा बृद्धि भएको आरोप लगाउँदै चीनले हिउँदे ओलम्पिकलाई बहिस्कारको घोषणा गरेको हो । तर, अमेरिकी खेलाडी भने सो प्रतियोगितामा सहभागी हुने सरकारले जनाएको छ ।
चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि आरोप लगाउँदै आएको छ ।
एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।
चीनमा भइरहेका मानव अधिकार हनन् र दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रेटिक र रिपब्लिकन नेताहरुले बताउँदै आएका थिए ।
बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ ।