माओवादी स्थायी कमिटिको बैठक बस्दै

काठमाडौं । मंसिर २३, नेकपा ९माओवादी केन्द्र० को स्थायी कमिटीको बैठक आज बस्दैछ ।
पार्टीको आसन्न राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । आज बिहान ११ बजे बस्ने बैठकमा यही पुस ११ देखि १३ गतेसम्म हुने तय भएको राष्ट्रिय सम्मेलनबारे विविध निर्णय हुने जनाईएको छ ।
भोलि र पर्सि प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।