हरनाज सन्धुले मिस युनिभर्स २०२१ को उपाधि हासिल

काठमाडौँ । मंसिर २८, भारतको पञ्जाब राज्यकी हरनाज सन्धुले ‘मिस युनिभर्स २०२१’को उपाधि जितेकी छिन्।
मोडलिङ क्षेत्र र पञ्जाबी फिल्ममा चर्चित रहेकी हरनाजले आइतबार भएको मिस युनिभर्सको फाइनलमा प्रथम स्थान हात पारेकी हुन्।
दक्षिणी इजरायलमा भएको फाइनल कार्यक्रममा विश्वभरबाट ८० जना सुन्दरीहरुले भाग लिएका थिए। प्रतियोगिताको अन्तिम दिन आइतबार हरनाजलाई यो वर्षको मिस युनिभर्स छानिएको छ।