किरात लिम्बू समुदायमा बजाइने लोकबाजा च्याब्रुङ

सहयात्रा टिभी

काठमाडौँ । पुस १, पूर्वी पहाडी जिल्ला पान्थरको फिदिममा किरात लिम्बू समुदायमा बजाइने लोकबाजा च्याब्रुङ  केलाङ बजाउने तालिम सम्पन्न भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभागको आयोजना र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पान्थरको व्यावस्थापनमा प्रदेश नं। १ स्तरीय लोकबाजा च्याब्रुङ ९केलाङ० बजाउने तालिम सम्पन्न भएको हो ।

फिदिमस्थित वरदान सङ्गीतालयमा लिम्बू जातिको परम्परागत मौलिक लोकबाजा च्याब्रुङ ९केलाङ० बजाउने दुई हप्ते सैद्धान्तिक तथा प्रयोगात्मक तालिम मङ्सिर १२ गते देखि २६ गतेसम्म सञ्चालन भएको थियो ।

उक्त तालिम कार्यक्रममा ताप्लेजुङ, पान्थर, तेह्रथुुम लगायतका जिल्लाबाट २२ जनाले तालिम लिएका थिए । तालिम कार्यक्रम हरेक दिन दुई चरण गरी ७र७ घण्टा सञ्चालन गरिएको थियो ।

प्रकाशित : 16 December, 2021

प्रतिक्रिया दिनुहोस्