केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक डलरकै भाउ १२२

सहयात्रा टिभी

काठमाडौँ । पुस १, अमेरिकी डलरको मूल्य झन–झन उकालो लाग्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२२.२८ रुपैयाँ तोकेको छ । यस्तै, आजका लागि एक डलरको खरिद मूल्य १२१.६८ रुपैयाँ तोकिएको छ । यस्तै, एक यूरोको बिक्री मूल्य १३७.८५ र खरिद मूल्य १३७.१८ रुपैयाँ तोकेको छ ।

यसबाहेक, स्टर्लिङ पाउण्डको बिक्री मूल्य १६२.११ रुपैयाँ र खरिद मूल्य १६१.३२ रुपैयाँ कायम भएको छ । यसैगरी, ८७.१८ रुपैयाँ बिक्री मूल्य कायम भएको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६.७५ रुपैयाँ तोकिएको छ ।

यसैगरी, एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री मूल्य ८९.३८ र खरिद मूल्य ८८.९४ रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्री मूल्य १०.७५ र खरिद मूल्य १०.७० रुपैयाँ छ । यता चिनियाँ युवानको बिक्री मूल्य १९.२१ र खरिद मूल्य १९.१२ रुपैयाँ छ ।

प्रकाशित : 16 December, 2021

प्रतिक्रिया दिनुहोस्