अस्प्रिना सँग सलिनमान विवाह बन्धनमा बाधिने क्रम जारी

काठमाडौँ । पुस १, नेपाली चलचित्रका चर्चित नायक सलिनमान बनियाँ पनि विवाह गर्ने तयारीमा जुटेको खबर बाहिर आएको छ ।
सलिनमान बनियाँ ८ वर्षयता अस्प्रिना श्रेष्ठको प्रेम सम्बन्धमा थिए । सलिन र अस्प्रिनाको परिवारिक भेटघाटले विवाहको तयारी भव्य रुपमा भइरहेको त्यसै पनि बुझ्न सकिन्छ । पारिवारिक भेटको तस्बिर अस्प्रिनाले इन्स्टाग्राममा शेयर गरेकी छिन् ।
सलिनमानले कार समेत अस्प्रिनालाई उपहार दिएको चर्चा चलिरहेको बेला दुवैको परिवार बिवाह ढिलो नगर्ने पक्षमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।