केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौँ । पुस १, आजको नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ७००ले बढेर रु ९३ हजार पुगेको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ५०० कायम भएको छ ।

जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ

 

प्रकाशित : 16 December, 2021

प्रतिक्रिया दिनुहोस्