बुटवलमा प्रथम जिल्ला स्तरीय कालिका रनिङ सिल्ड प्रतियोगिता सुरु

काठमाडौँ । पुस २, कालिका मानविज्ञान माध्यमिक विद्यालयको आयोजनामा सुरु भएको खेल प्रतियोगिताको लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसीउद्दीन खाँले उद्घाटन गरे ।
मन्त्री खाँले विद्यालय स्तरबाट खेल प्रतियोगिता खेलाउन सके राष्ट्रिय खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए । उनले कालिका मानवज्ञान माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणमा आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गलामीले विद्यालयमा पूर्वाधारको कमी भएकाले सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।
विद्यालयका प्राचार्य दिनेश थापाले विद्यार्थीलाई खेलकुदका माध्यमबाट अनुशासित बनाउन खेल स्पर्धा आयोजना गरिएको जानकारी दिए । पूर्वाधार अभावले सबै विद्यार्थी भर्ना लिन नसकिएको उनको भनाइ छ ।