धुमधाम उभौली पर्व मनाइँदै

काठमाडौँ । पुस ४, राई, लिम्बु, सुनुवार, याक्खा लगायतका किराती समुदायको उधौली चाड सुरु भएको छ ।
काठमाडौंमा रहेका किरातीले आइतबार ललितपुरको सानो हात्ति वन स्थित किरात माङहिम मन्दिरमा सामूहिक पूजा गरेका छन् ।
मुन्धुमी पुजारी, किरात याख्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत संस्थाका प्रतिनिधिसहित पूजाआजा गर्ने परम्परा रहेको छ ।
नयाँ अन्न धान, कोदो, अदुवा आदि पितृलाई चढाएर घर–घरमा पूजा गरिन्छ । त्यसैगरी सामूहिक थानहरूमा भूमिको पूजा गर्दै प्रकृतिप्रति आभार प्रकट गर्ने काम नै उधौली पूजा हो ।