महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै

काठमाडौँ । पुस ४, नेपाल र भारतबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।
आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ। नेपालले ३ खेलबाट ७ अंक जोडेको छ। भारतले समान खेलबाट ६ अंक जोडेको छ।
समान अंक भए पनि बंगलादेश गोलअन्तरका आधारमा नेपाल भन्दा पछाडि छ।